गृहपृष्ठ Featured कांग्रेस कपिलवस्तु जिल्ला सभापतिमा आर्चायको चर्चा, जित निश्चित रहेको दावी

कांग्रेस कपिलवस्तु जिल्ला सभापतिमा आर्चायको चर्चा, जित निश्चित रहेको दावी

वैखरी अनलाइन
नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन नजिकिदै गरेका बेला नेपाली कांग्रेस जिल्ला सभापति कपिलवस्तुमा राजेश आर्चायको चर्चा सुरु भएको छ । पार्टीमा लगनशिल र सबैलाई मिलाएर जान सक्ने जुझारु नेताका रुपमा परिचित आर्चाय बलियो दावेदारका रुपमा प्रस्तुत भएका छन । कांग्रेस कपिलवस्तुको राजनितीमा पुराना देखि नया पिडिसम्म लोकप्रिय रहेका आर्चाय देउवा पक्षबाट एकल उमेद्धवार समेत रहेका छन । जसका कारण पनि उनी बलियो दावेदारका रुपमा रहेको कांग्रेसका जिल्ला नेता देखि कार्यकर्ताहरु बताउछन ।

आर्चायलाई नेपाली काग्रेसका नेता दिप कुमार उपाध्यायले पनि भित्रि रुपमा सहयोग गर्नुका साथै सांसद अभिशेक प्रताप शाह, राष्ट्रीय सभा सदस्य दिर्घ नारायण पाण्डे लगायतका नेताहरुको समेत सर्मथन रहेको छ । कपिलवस्तुमा कांग्रेसलाई एक ठिक्का बनाई सबै कार्यकर्ताको मनोभावनालाई बुझेर काम गर्ने बताउदै सवै जिल्ला सभापतिको चुनावमा सबैलाई सहयोग गर्न आर्चायले अनुरोध समेत गरेका छन ।

उनलाई बाणगंगाको चर्चीत जितपुर काण्ड हुदा तयारी संयोजकको भुमिका निर्वाह गर्दा २०३९ सालमा आफुलाई शिक्षकको जागिरबाट समेत निकालिएको थियो ।
छोटकरीमा उनको परिचय र राजनिति यात्रा यस्तो छ ।

सम्बन्धित् समाचार