गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा बोडगाउँमा उपसमिति गठन, संयोजकमा मल्ल

कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा बोडगाउँमा उपसमिति गठन, संयोजकमा मल्ल

प्रकाशित मिति:

वैखरी अनलाइन : कपिलवस्तु उद्योग बाणिज्य सघंले बिभिन्न क्षेत्रमा उप समिति गठन गरेको छ । सघंको कामलाई अझ प्रभावकारी बनाउनुका साथै ब्यवसायीहरुको समस्या समाधानमा सहजता मिलोस भन्ने उदेश्यले सघंले मुख्य बजार क्षेत्रमा उप समिति गठन गरेको हो ।
सघंले अहिलेसम्म पिपरा, वैरीया, गजेहडा, ओदारीमा उप समिति गठन गरी सकेको छ भने आज एक कार्यक्रमकाबिच बोडगाउमा क्षेत्रगत उपसमिति गठन गरिएको छ । स्थानिय युवा ब्यवसायी हरि मल्ल संयोजक, सरस्वति सुवेदी सचिव रहने गरी ९ सदस्य उप समिति गठन गरीएको हो ।

जसको सदस्यहरुमा लिपक जि.सि., सन्तोष बि.सि., ढुण्डीराम बेल्बासे, रविन बहादुर दर्जी, अमृत पोखरेल, सगींता पौडेल रहेका छन । सो अवसरमा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे, निबर्तमान अध्यक्ष उमानाथ पौडेल, महासचिव मनोज पौडेल, पुर्व उपाध्यक्ष कृष्ण पोखरेल लगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रम सघंका सदस्य मदन पौडेलको अध्यक्षता तथा युवा ब्यवसायी तिलकराम पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यस अघि पिपरा बजार क्षेत्रमा धर्मराज घिमिरे, वैरीयामा बिष्णु घिमिरे, गजेहडामा डम्मर देव भट्टराई, ओदारीमा दया शर्मा संयोजक रहने गरी क्षेत्रगत उपसमिति गठन भई सकेको छ ।

सम्बन्धित् समाचार