मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्नेछ । अधिकांश भू-भागमा बदली रही धेरै स्थानमा पानी पर्ने पनि महाशाखाले जानकारी दिएको छ ।
आज राति प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्नेछ ।
अहिले प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू-भागमा पानी परिरहेको छ ।
भोलि प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा मेघ गर्जनसहित भारी वर्षा हुने छ भने देशका अधिकांश भू-भागमा पानी पर्नेछ । भोलि राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जनसहित भारी वर्षा हुनेछ ।
त्यस्तै मंगलबार प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनेछ भने देशभर बदली भइ अधिकांश भू-भागमा पानी पर्नेछ ।