अविरल वर्षापछिको बाढी, पहिरो र डुवानका कारण पछिल्लो ३ दिनमा ९ जनाको मृत्यु भएको छ, ४ जना बेपत्ता भएका छन् ।
राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १० देखि परेको अविरल वर्षापछिको विपदका कारण ५ जना घाइते भएका छन् र ४२ घर पूर्ण रुपमा क्षति भएको छ । विपदका कारण समस्यामा परेका ७५६ जनालाई सुरक्षित आश्रयस्थलमा राखिएको छ ।
सरकारले मनसुनजन्य विपदबाट प्रभावितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार, पुनर्निर्माणका लागि क्षतिको विवरणको आधारमा हिमाली जिल्लामा ५ लाख, पहाडमा ४ लाख र तराईका जिल्लामा ३ लाख रुपैयाँ अनुदान दिँदै आएको छ ।







