गृहपृष्ठ खबर काबुल विमानस्थलमा विस्फोट गराउनेविरुद्ध कारबाही जारी- अमेरिका

काबुल विमानस्थलमा विस्फोट गराउनेविरुद्ध कारबाही जारी- अमेरिका

एजेन्सी : अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट–खुरासान९आईएस–के० माथिको कारबाहीलाई निरन्तरता दिने बताएको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती आक्रमणपछि आईएस–केमाथिको कारबाही जारी रहने बताएका हुन् ।

आइतबार सीबीएस न्युजसँगको कुराकानीमा उनले अमेरिकाले अफगानिस्तानमा नयाँ युद्ध सुरु गर्न नचाहेको भए पनि अमेरिकी सैनिकमापथ आक्रमढा गर्नेविरुद्ध भने कारबाही गर्ने बताएका हुन् । बिहीबार आईएस–के ले गराएको विस्फोटमा १३ जना अमेरिकी सैनिक मारिएका थिए । उक्त विस्फोटमा १७० भन्दा अफगानी सर्वसाधारण मारिएको बताइएको छ । त्यसपछि अमेरिकाले शनिबार नाङ्गाहार प्रान्तमा आईएस–केलक्षित हवाई आक्रमण गरेको थियो ।

सुरक्षा सल्लाहकार सुलिभान भन्छन्, ‘राष्ट्रपति अफगानिस्तानमा नयाँ युद्ध सुरु गर्न चाहनुहुन्न । तर हाम्रा सैनिकमाथि आक्रमण गर्नेविरुद्धको कारबाहीका लागि के कस्तो सहयोग चाहिन्छ भनेर हामीले कमान्डरहरुसँग कुराकानी गरिरहेका छौं ।’ उनले काबुल विमानस्थलमा बम विस्फोट गराउने आईएस–केलाई समाप्त पार्न कदम चालिने पनि बताएका छन् ।

सम्बन्धित् समाचार