वैखरी अनलाइन
नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सभापतिमा लोकनाथ शर्माले उमेद्धवारी घोषणा गरेका छन । आसन्न १४ औँ महाधिवेशसनका लागी शर्माले नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सभापतिमा उमेद्धवारी घोषणा गरेका हुन ।
बि.स. २०३४ सालमा पार्टीको सदस्यता प्राप्त गरेका शर्माले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ र २ मा १० औं, ११ औं र १२ औं महाधिबेशनमा क्षेत्रिय सभापति पदमा रहि कुशल कार्य सम्पादन गरि सकेका छन ।
पार्टीका प्रतिबद्ध कार्यकर्ताको मनोबल उच्च बनाउन तथा पार्टीमा बिधी सम्मत र निती सम्मत सञ्चालन एवम साँगठनिक सुदृढिकरण गर्नका लागि आफुले जिल्ला सभापति पदमा उम्मेदवारी दिन थालेको नेता शर्माले बताए ।








