गृहपृष्ठ खबर भेनेजुएलामाथि अर्जेन्टिनाको जित

भेनेजुएलामाथि अर्जेन्टिनाको जित

विश्वकप क्वालिफायर्सको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज सम्पन्न खेलमा अर्जेन्टिनाले भेनेजुएलामाथि जित निकालेको छ। भेनेजुएलाको स्टेडियो ओलम्पिकोमा आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ३-१ गोलअन्तरको सहज जित निकालेको हो।

खेलको ३२ औं मिनेटमा भेनेजुएलाका एड्रिअन मार्टिनेज रेड कार्ड खाँदै बाहिरिएपछि भेनेजुएला दवाबमा आएको थियो। अर्कोतर्फ पहिलो हाफको इन्जुरी समयमा अर्जेन्टिनाका लौटरो मार्टिनेजले गोल गर्दै खेलमा अग्रता दिलाए।

त्यस्तै खेलको ७१ औं मिनेटमा जुआक्विन कोरेराले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए। त्यसको तीन मिनेट नबित्दै एन्जेल कोरेराले गोल गरे। उता भेनेजुएलाका लागि येफेर्सन सोटेल्डोले इन्ज्युरी समयमा सान्त्वना गोल फर्काए।

आजै सम्पन्न अन्य खेलहरुमा इक्वेडरले पाराग्वेलाई २(० ले हराउँदा बोलिभिया र कोलम्बिया १-१ को बराबरीमा रोकिए।

सम्बन्धित् समाचार