गृहपृष्ठ Featured अर्घाखाँचीमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

अर्घाखाँचीमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

प्रकाशित मिति:

अर्घाखाँचीको शितगंगा नगरपालिका–३ बरबोटमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट अर्घाखाँची आउँदै गरेको बा३ख८६३९ नम्बरको हाइस शितगंगा-३ स्थित सैनिक नजिकै शनिबार बिहान दुर्घटनामा परेको हो ।

हाइसमा १० जना सवार थिए । तीमध्ये पाँच जना घाइते छन् । जसमा दुई जना गम्भीर घाइते रहेको इलाका प्रहरी कार्यालय ठाँडाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

सम्बन्धित् समाचार