गृहपृष्ठ खबर इटली बन्यो ३७ खेलको अपराजित यात्रा गर्ने पहिलो राष्ट्रिय टिम

इटली बन्यो ३७ खेलको अपराजित यात्रा गर्ने पहिलो राष्ट्रिय टिम

विश्वकप क्वालिफायर्स अन्तर्गत गएराति सम्पन्न खेलमा इटलीले लिथुवानियामाथि फराकिलो जित निकालेको छ। समूह सी अन्तर्गतको खेलमा घरेलु टोली इटलीले लिथुवानियामाथि ५-० को फराकिलो जित निकालेको हो।

युरोपियन च्याम्पियन इटलीले खेलको खेलको ११ औं मिनेटमै मोइस किनको गोलमा अग्रता बनाएको थियो। खेलको १४ औं मिनेटमा लिथुवानियाका इडगारस उट्कुसले आत्मघाती गोल गर्दा दोस्रो गोल उपहारमा पाएको इटलीका लागि तेस्रो गोल २४ औं मिनेटमा जियाकोमो रासपाडोरीले गरे। त्यस्तै किनले २९ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दा इटली पहिलो हाफमा ४ गोलले अघि रह्यो।

त्यस्तै दोस्रो हाफमा जियोभानी डी लोरेन्जोले गोल गरे। उनले खेलको ५४ औं मिनेटमा गोल गर्दा इटली ५(० को जित निकाल्न सफल भयो।

जितसँगै ६ खेलबाट १४ अंक जोड्दै समूह सीको शीर्ष स्थानमा उक्लिएको छ।

त्यस्तै ३७ वटा खेलमा अपराजित रहने पहिलो राष्ट्रिय टोली समेत बनेको छ। यसअघि आइतवार स्वीजरल्याण्डसँग गोलरहित बराबरी खेलेसँगै इटलीले ३६ खेलमा अपराजित रहँदै कीर्तिमान आफ्नो नाममा गरेको थियो। जसमा स्पेनको ३५ खेलको अपराजित यात्रा ९२००७(९० लाई पछि पारेको थियो भने ब्राजिलको ३६ खेलको अपराजित यात्रा ९१९९३(९६० सँग कीर्तिमान बराबरी गरेको थियो। ब्राजिलको अपराजित यात्रा ३५ या ३६ भन्ने विवादित रहेको छ। ब्राजिलले ३६ खेलमा अपराजित यात्राको दाबी गरिरहँदा रोमानियाको बी टिमसँग एउटा खेल खेलेको भनेर फिफाले त्यो खेललाई मान्यता दिन अस्वीकार गरेको छ।

गएरातिको खेलमा जित निकालेसँगै इटली ३७ खेलको अपराजित यात्रा तय गर्ने पहिलो राष्ट्रिय टोली बनेको हो। सन् २०१८ को अक्टोबरमा युक्रेनसँग मैत्रीपूर्ण खेलमा बराबरी खेलेयता इटली अपराजित छ।

सम्बन्धित् समाचार