गृहपृष्ठ Featured नेपाल निजामती कर्मचारी युनियन कपिलवस्तुको आठौँ जिल्ला अधिवेशन सम्पन्न

नेपाल निजामती कर्मचारी युनियन कपिलवस्तुको आठौँ जिल्ला अधिवेशन सम्पन्न

प्रकाशित मिति:

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति कपिलवस्तुको आठौँ जिल्ला अधिवेशन तौलिहवामा सम्पन्न भएको छ । अधिवेशनबाट झक बहादुर आलेको अध्यक्षतमा १५ सदस्यिय नयाँ कार्य समिति सर्बसहमतीबाट चयन भएका छन् जसको खुल्ला उपाध्यक्षमा नविन खनाल, समावेशी उपाध्यक्षमा प्रभुनाथ यादव, महिला उपाध्यक्षमा धनिसरा बैजाली, सचिवमा राजेश कुमार शैनी , सहसचिवमा सुदिप प्रताप मौर्या, कोषाध्यक्षमा शिव कुमार यादव र सदस्यहरुमा बृजश यादव,मोहन के.सी.,अनिल कुमार चौधरी,सजिव कु. सिंह,सुमित्रा भुसाल, सावित्रा चौधरी,पदमलाल घिमिरे,र रमेश कुमार रेग्मी रहेका छन् ।

अधिवेशनले धनञ्जय नेपाल,राम प्रसाद अधिकारी,रामकृष्ण तेली, निराजनराज लम्साल,सुर्य प्रसाद चापागाई लाई महाधिबेशन प्रतिनिधिमा चयन गरेको छ ।

कार्यक्रम राम प्रसाद अधिकारीको अध्यक्षता,नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुका सभापति सुरेन्द्र राज आचार्यको प्रमुख अतिथ्यता, पुर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायको बिशिष्ट आथित्यता रहेको कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष गोपाल पोखरेल, वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी उपाध्यक्ष, सचिव लगायत जिल्ला सभाका सदस्यहरु को उपस्थिति रहेको सो कार्यक्रमको संचालन सचिव नबिन खनालले गरेका थिए ।

सम्बन्धित् समाचार