गृहपृष्ठ Featured अर्घाखाँचीको सुपा देउराली मन्दिर भोलीबाट खोल्ने

अर्घाखाँचीको सुपा देउराली मन्दिर भोलीबाट खोल्ने

प्रकाशित मिति:

अराज बेल्बासे,अर्घाखाँची : अर्घाखाँची जिल्लाको सुपादेउराली लगायत सम्पूर्ण धार्मिक मठ मन्दिरहरु भोली मंगलवार देखि खुल्ने भएका छन् । कोरोनाका कारण गत बैैशाख २१ गते देखि बन्द भएको सुपा देउराली मन्दिर लगायतका धार्मिक मन्दिर तथा धार्मिक पर्यटकीय स्थलहरु भोली मंगलवार देखि नियमित खुल्ने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ  ।

सुपादेउराली मन्दिर बन्द भए पनि अहिले दौनिक सयौ प्रर्यटक पुजाको लागि आउने गरेका छन । अहिले मन्दिरको ढोका नखोले पनि भक्तजनहरुले बाहिरै पुजम तथा भाकल चढाउने गरेका छन । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी) अर्घाखाँचीको सन्धिखर्कमा बसेको बैठकले भीडभाड हुने क्षेत्रमा अझै असोज ७ गते बिहीवार राती १२ः०० बजेसम्म रोक लगाउने गरी अन्य सबै क्षेत्रमा स्वास्थ मापदण्ड पालना गर्दै खोल्ने निर्णय भएको हो  ।

अब स्वास्थ्य मापदण्ड पालना गरेर सबै निजी तथा सार्वजनिक यातायात होटल, रेष्टुरेन्ट, शैलुन, जिमहल सबै ५ बजेदेखि बेलुका ८ बजेसम्म  खुल्ने छन् ।  यस्तै बैंक तथा वित्तीय संस्थाहरु, खाद्यवस्तु, तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित, निर्माण सम्बन्धी  पसल र व्यवसाय, सुन, भाँडाकुडा, अटो मोबाइल्स, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट, विद्युतीय सामग्रीका पसलहरु सबै पहिले नै खुलेका छन् ।साथै जिल्लाभरका विद्यालयहरु सञ्चालन अनुमती दिएको छ । जिल्लामा  विद्यालय, क्याम्पस, शैक्षिक संस्थाहरुमा परीक्षाका कार्यक्रमहरुसंचालन भएका छन् ।

सम्बन्धित् समाचार