गृहपृष्ठ Featured कपिलवस्तुको बोडगाउँमा ट्रक्कको ठक्करबाट एकको मृत्यु, दुई जना घाईते

कपिलवस्तुको बोडगाउँमा ट्रक्कको ठक्करबाट एकको मृत्यु, दुई जना घाईते

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगामा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। पुर्वबाट पश्चिम तर्फ आइरहेको ग १ त ५६०३ नम्बरको ट्रकले बाणगंगाका वडा नम्बर ८ बोडगाउँमा टक्कर दिँदा वडा नम्बर ८ ढोडेकोल बस्ने १५ वर्षिय सुदिप थारुको ज्यान गएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनुभयो । यस्तै ट्रकको ठक्करबाट थप दुई जना घाईते भएका छन् ।

सोही स्थानका कमल चौधरी र शुसिल चौधरी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा अहिले उपचार भईरहेको छ । उनीहरुको अवस्था समान्य रहेको र ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय पिपराले जानाएको छ ।सो दुर्घटना आज बिहान सवा ५ बजे भएको हो । घटनाका विषमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार