गृहपृष्ठ Featured बाणगंगामा दर्जन बढि युवाहरु नेपाली कांग्रेसमा प्रवेश

बाणगंगामा दर्जन बढि युवाहरु नेपाली कांग्रेसमा प्रवेश

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगामा दर्जन बढि युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा नः ४ द्धारा आयोजित एक कार्यक्रममा दर्जन बढि युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

युवाहरु चक्रपाणी सुवेदी, कमल पराजुली, राजाराम चौधरी, मधुसुधन भुसाल, युवराज खत्री, पद्मा खत्री, आशा थारु, निशा थारु, प्रदीप भट्टराई, लक्ष्मण थारु नरेश थारु लगायतका युवायुवतीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । अवको देशको भविष्य नेपाली कांग्रेसले मात्र फेर्न सक्ने भएकाले नेपाली कांग्रेसमा परवेश गरेको उनीहरुले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आर्चाय, कपिलवस्तु क्षेत्र नः २ का सभापति केशव कुमार श्रेष्ठ, बाणगंगा नगर सभापति मगंल प्रसाद थारु, तरुण दल जिल्ला सभापति शक्ति सिहं ठकुरी, महिला सघं केन्द्रिय सदस्य इन्दीरा भट्टराई, बाणगंगा नगरपालिका वडा नः ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री लगाायतले आआफनो धारणा राखेको युवा नेता कृष्ण पराजुलीले वैखरी अनलाइनलाई बताए ।

कार्यक्रममा बोल्दै जिल्ला सभापति आर्चायले १४ औँ महाधिवेशलाई पर्वका रुपमा मनाउदै सक्षम नेतृत्व छान्न आग्रह समेत गरेका छन ।

कार्यक्रम वडा सभापति शकंर पौडेलको अध्यक्षता, सचिव दिनेश क्षेत्रीको सञ्चालन र हरि पौडेलको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

 

सम्बन्धित् समाचार