बर्दियामा जंगली जनावरलाई थापेको पासोमा परेर एकै घरका तीन जनाको मृत्यु भएको छ ।
बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँमा एकै घरका तीन जनाको मृत्यु भएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले जानकारी दिए ।
बँदेललाई थापेको पासोमा परेर ठाकुरबाबा–३, गोदानाका बालकृष्ण थारु, उनकी श्रीमती सुनिता थारु र भाउजु बेलमती थारुको मृत्यु भएको हाे ।
राती दश बजेतिर धान खेतमा पानी हेर्न पुगेका उनीहरु जंगली जनावरलाई थापेको विद्युतीय पासोमा परेका थिए । जंगली जनावरबाट धानलाई बचाउन धानखेत वरिपरि करेन्टको पासो लगाइएको थियो ।
करेन्टकाे पासाे थापेकाे आराेपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएकाे छ ।








