गृहपृष्ठ खबर रौतहटमा अवैध मदिरा नष्ट

रौतहटमा अवैध मदिरा नष्ट

प्रकाशित मिति:

रौतहट : रौतहट रौतहटको गरुडामा प्रहरीले सयौँ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । ईलाका प्रशासन कार्यालय,गरुडा नगरपालिकाका,आन्तरिक राजस्व चन्द्रपुरका प्रतिनिधि, पत्रकार तथा जनप्रतिनिधिको रोहवरमा प्रहरी कार्यालय छेउमा ३०० लिटर मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने विभिन्न सवारी साधन चेकजाँचको क्रममा प्रहरीले उक्त मदिरा बरामद गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन् ।

दसैँ तिहार नजिकिदै जाँदा रौतहटमा अवैध घरेलु मदिराको उत्पादन तथा बिक्री वितरणमा वृद्धि भएको छ ।

सम्बन्धित् समाचार