देशभर आजको मौसमममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मुलुकका केही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ मौसमविद्ले जानकारी दिएका छन् ।
अहिले बिहान गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको पनि महाशाखाले जनाएको छ ।








