वैखरी अनलाइन : अर्घाखाची जिल्लाको शितगंगा नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष दुर्गा बिसिले आफ्नी श्रीमतिलाई खुवाएको जागिर चैट भएको छ । शितगंगा १३ बुद्ध आधारभुत बिद्यालयको सुचना लुकाएर श्रीमतिलाई जागिर खुवाएको बिषय वैखरी अनलाइन मिडियाले बाहिर ल्याएको थियो । शिक्षक नियुक्ति प्रक्रिया त्रुटीपुर्ण हुनुका साथै सुचना लुकाएको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले समेत ठहर गरी सकेको थियो ।
बिद्यालयका प्रध्यानाध्यपक तथा बिद्यालय ब्यवस्थापन समितिसगं मिलेर सुचना लुकाएर वडाध्यक्षले श्रीमतिलाई जागिर खुवाएका थिए ।

उच्च अदालत बुटवल इजालशले पनि नियुक्ति प्रक्रिया गलत भएको भन्दै पुनः सुचना निकाली नियानुसार गर्नु भनि आदेश दिएपछि वडाध्यक्ष बिसिकी श्रीमतिको जागिर गएको हो । उनले करिव ८ महिना भन्दा बढि बिद्यालयमा अध्यापन समेत गराइ सकेकी थिइन । पुनः सुचना निकाली शिक्षक नियुक्ति गरिने शितगंगा नगरपालिका स्रोतले बताएको छ ।








