गृहपृष्ठ Featured रुपन्देहीको सैनामैनामा बस कुर्दा कुर्दै ट्रकले ठक्कर दिएपछि आमा छोराको मृत्यु

रुपन्देहीको सैनामैनामा बस कुर्दा कुर्दै ट्रकले ठक्कर दिएपछि आमा छोराको मृत्यु

प्रकाशित मिति:

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रकको ठक्करबाट आमा छोराको ज्यान गएकाे छ।सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरकी ४२ बर्षिय राधा भट्टराई र उनका छाेरा २१ बर्षिय महेश भट्टराईको ज्यान गएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलल‍े जानकारी दिएको छ ।

प्रहरीका अनुसार पश्चिमबाट बुटवल तर्फ आउँदै गरेकाे ना ८ ख ४४ ११ नम्बरको ट्रकले बस पर्खेर बसिरहेका आमाछोरालाई ठक्कर दिएको थियो। स्थानीयका अनुसार छोरालाई कलेज पठाउनका लागि छोरालाई गाडिसम्म छोड्न आमा आएकी थिइन् ।

ठक्करबाट घाइते भएका उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने ट्रक र त्यसका चालक राप्ती नगरपालिका चितवनका धनराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार