गृहपृष्ठ Featured शितगंगाद्धारा कोरोनाबाट ज्यान गुमाएका २१ परिवारलाई आर्थिक सहयोग

शितगंगाद्धारा कोरोनाबाट ज्यान गुमाएका २१ परिवारलाई आर्थिक सहयोग

वैखरी अनलाइन
अर्घाखाचीको जिल्लाको शितगंगा नगरपालिकाले कोरोनाबाट ज्यान गुमाएका नगरभित्रका परिवारलाई राहात प्रदान गरेको छ । शितगंगा नगरपालिकाभित्र थायी बसोबास रहेका घरपरिवारका हकवाला सदस्यलाई नगरपालिकाले रु ५० हजार नगदका दरले राहात स्वरुप प्रदान गरेको हो ।

यसरी कोरोनाका कारण नगरभित्र २१ घरपरिवारले कोरोनाबाट ज्यान गुमाएका परिवारले सो राहात पाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम केसिले बताए ।

राहात प्रदान कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारीले नगरबासीको हरेक दुःखमा नगरपालिका रहने बताउँदै पिडित परिवारलाई सान्तवना र अभिभावकत्व ग्रहण गर्नका लागी ५० हजारका दरले सहयोग गरेको बताए ।

त्यस्तै नगरपालिकाका उप प्रमुख टिकाराम रेश्मीले कोरोनाका कारण ज्यान गुमाएका परिवारका हकमा नगरपालिकाले निरन्तर सहयोग गर्नुका साथै उहाहरुलाई रोजगारमा केन्द्रित गराउन नगरपालिकाले पहल गर्ने बताए ।

सम्बन्धित् समाचार