गृहपृष्ठ Featured कपिलवस्तुको पानीमा भेटियो दिसामा पाइने जिवाणु

कपिलवस्तुको पानीमा भेटियो दिसामा पाइने जिवाणु

प्रकाशित मिति:

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झाडापखाला प्रभावित क्षेत्रको पानीमा इकोली नामक किटाणु फेला परेको जनाएको छ।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी झाडापखाला प्रभावित क्षेत्रको पानीको एउटा नमुनामा इकोली देखिएको जनाएको हो। मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा मानिसको दिसामा पाइने इकोली नामको किटाणु फेला परेको उल्लेख छ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, विश्व स्वास्थ्य संगठन, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा नियन्त्रण, व्यवस्थापन तथा थप अनुसन्धान गरी उक्त प्रकोपको कारण तथा सम्भावित स्रोतको खोजी कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।

प्रभावित क्षेत्रमा झाडापखाला तथा वान्ताका बिरामीको संख्या ६ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ। कृष्णनगर नगरपालिकाको ७, ८ र ९ मा फैलिएको झाडापखाला तथा वान्ताका कारण आइतबारसम्म बिरामी हुनेको संख्या ६८८ पुगेको विज्ञप्तिमा उल्लेख छ।

जसमध्ये ६ सय ३१ जना डिस्चार्ज भएका छन् भने ४० जना बिरामीको तौलिहवास्थित कपिलवस्तु अस्पताल र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ। यस्तै १७ जना बिरामीको कृष्णनगर नगरपालिकास्थित शिवराज अस्पतालमा उपचार भइरहेको छ।

असोज १८ गतेदेखि सो नगरपालिकाकाको तीन वडामा झाडापखाला र बान्ताका बिरामी फेला परेका थिए। यस्तै प्रकोप नियन्त्रणमा आएको पनि मन्त्रालयले दाबी गरेको छ।

सम्बन्धित् समाचार