अर्घाखाँची : अर्घाखाँचीमा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । गुल्मी जिल्ला ईस्मा गाउँपालिका वडा नं. २ हल्दीटारा घर भई हाल अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ८ मा घर भाडा गरी बस्ने ४३ वर्षिय लाल बहादुर कुमालले श्रीमती ३० वर्षिय सिता कुमाललाई कुटपिट गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
गए राति श्रीमान र श्रीमती बिच घरासी विवाद हुँदा श्रीमानले कुटपिट गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिनुभयो ।
कुटपिटमा संग्लगन कुमाललाई नियन्त्रणमा लिएको छ । घटना बारेर थप अनुसन्धान अघि बढाईएको प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिनुभयो।