गृहपृष्ठ Featured नेपाल तरुण दल र नेविसंघ क्षेत्र नं.१ कपिलवस्तुद्धारा बालबालिकासंग दशैं कार्यक्रम

नेपाल तरुण दल र नेविसंघ क्षेत्र नं.१ कपिलवस्तुद्धारा बालबालिकासंग दशैं कार्यक्रम

प्रकाशित मिति:

सागर वि.क. (वैखरी अनलाईन) : नेपाली कांग्रेसका भातृसंगठन नेपाल तरुण दल र नेविसंघ क्षेत्र नं.१ कपिलवस्तुले बालबालिकासंग दशै कार्यक्रम गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै बालबालिकासंग दशै कार्यक्रम गरेको हो ।

जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.९ मा अवस्थित कनकमुनि माध्यमिक विद्यालय श्रीनगर, जगदीशपुरका बालबालिकाहरुलाई दशैको अवसर पारेर शैक्षिक सामग्री वितरण गरिएको नेविसंघ क्षेत्र नं.१ कपिलवस्तुका सभापति चन्द्रकान्त पोखरेलले वैखरी अनलाईनलाई  जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस बाणगंगाका सभापति विष्णु थापाले नेपालीहरुको महान चाड दशैको शुभकामना दिदै यस्ता चाडपर्वको अवसरमा गरिब विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नु एक सकरात्मक काम भएको बताउनुभयो ।

नगर सभापति थापाले चाडपर्वमा अनावश्यक फजुल खर्च गर्नुभन्दा गरिब विपन्नलाई सहयोग गर्नु नै उत्तम कार्य हुने बताउनुुभयो । यस्तै नेपाल तरुण दल कपिलवस्तुका सभापति शक्ति सिंह ठकुरीले देशका आधार स्तम्भ मानिएका बालबालिकाको शैक्षिक क्रियाकलापमा कुनै पनि समस्या नहोस् भन्ने उद्देश्यले दशैको अवसरमा शैक्षिक सामग्री प्रदान गरेको बताउनुभयो । यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघ क्षेत्र नं.१ का सभापति चन्द्रकान्त पोखरेलले दशैमा सबै खुशी हुनु पर्ने अवस्थामा गरिब विपन्न बालबालिका पनि खुशी हुन् भन्ने लागेर यस्तो कार्यक्रम गरिएको बताउनुभयो ।

बालबालिकाहरुले कापी, कलमसहितका शैक्षिक सामग्री पाए पछि खुशी व्यक्त गरेका थिए । उनीहरुले आफ्नो आगामी दिनको शैक्षिक यात्राको लागी यस्ता कदमले थप उत्प्रेरणा हासिल हुने भन्दै सबैलाई धन्यवाद दिएका छन् ।

कार्यक्रममा कपिलवस्तु कांग्रेसका संक्रिय नेता कार्यक्रर्ताको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार