गृहपृष्ठ Featured स्वास्थ्य मन्त्रालय भन्छ- कृष्णनगरमा फैलिएको झाडापखाला नियन्त्रणमा छ

स्वास्थ्य मन्त्रालय भन्छ- कृष्णनगरमा फैलिएको झाडापखाला नियन्त्रणमा छ

प्रकाशित मिति:

दाङ : स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ७, ८ र ९ मा फैलिएको झाडापखाला नियन्त्रणमा रहेको जनाएको छ। आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले झाडापखाला नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनसँगै संघ, प्रदेश र स्थानीय तहसँग औषधि र आवश्यक सामाग्रिको व्यवस्थापन भइरहेको जनाएको छ।

हालसम्म झाडापखालाका कारण ४ जनाको मृत्यु भएको भएपनि निको हुने क्रम बढिरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। मन्त्रालयका अनुसार ४५ वषिय पुरुषको घरमै, ७ वर्षिय बालकको निजी क्लिनिक, ५ वर्षिया बालिका र २ वर्षिइ बालकको अस्पतालमा ल्याउँदै गर्दा झाडापखालाकै कारण मृत्यु भएको छ।

यस्तै हालसम्म कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा ७, ८ र ९ वडामा गरी ८ सय ८५ जना संक्रमित भएको र २५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रभावित क्षेत्रमा पिउने पानीमा कोलिफर्म र इ–कोली जीवाणु फेला परेको छ। फेला परेका दुबै जीवाणु मानव मलमूत्रमा पाइने जीवाणु रहेको चिकित्सकको भनाइ छ।

नेपाल खानेपानी संस्थान बहादुरगञ्ज शाखाबाट वितरण गरिएका धारा र ४० फिटभन्दा माथि गाडिएका नल ९चापाकल०को नमुनामा कोलिफर्म भेटिएको हो। सय फिटभित्र गाडिएका नल ९ह्याण्डपम्प० मा भने जीवाणु फेला नपरेको बताइएको छ।

कृष्णनगरमा अहि असोज १८ गतेदेखि झाडापखालाको प्रकोप देखिएको थियो ।

सम्बन्धित् समाचार