गृहपृष्ठ Featured राखेप सदस्य सचिव सिलवाल बर्खास्त

राखेप सदस्य सचिव सिलवाल बर्खास्त

प्रकाशित मिति:

काठमाण्डौ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई सरकारले बर्खास्त गरेको छ । आज सोमवार बसेको मन्त्रिपरिषद् बैठकले राखेप सदस्य सचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

केपी ओलीको सरकारको पालामा राजनीतिक नियुक्ति पाएका व्यक्तिलाई देउवा सरकारले स्पष्टीकरण सोधेको थियो । त्यो स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै सिलवालाई बर्खास्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

यस्तै देउवा सरकारले सिलवालसहित युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेका राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोक्कालाई स्पष्टीकरण सोधेको थियो ।

सम्बन्धित् समाचार