बुटवल : रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । मंगलबार दिउँसो सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडकखण्ड अन्तर्गत योगीकुटीमा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
सडक किनारमा रोकेको टिप्परमा मोटर साइकलले ठक्कर खाँदा मोटर साइकल चालक घाइते भएको र उनको उपचारका लागि बुटवलस्थित चौराह अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५० प १२२ नम्बरको मोटरसाइकल सोही दिशामा रहेको लु २ ख ४६६७ नम्बरको टिप्परमा ठक्कर खाएको हो ।