कपिलवस्तु : कपिलवस्तुको बाणगंगामा बसले मोटरसाइकललाई ठक्कर दिदाँ २ जना घाइते भएका छन् । बुटवलबाट कृष्णनगरतर्फ जाँदै गरेको लु १ ख ५७०५ नम्बरको बसले ओभरटेक गर्ने क्रममा विपरीत दिसाबाट आउदै गरेको लु २४ प ३१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ २ जना घाईते भएका हुन् ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत आज मंगलबार दिउँसो बाणगंगा ८ बोडगाउँमा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । बसको ठक्करबाट मोटरसाइकलमा सवाँर २ जना घाइते भएका छन् । घाईतेहरुको पहिचान हुन सकेको छैन् ।
घाईतेहरुलाई अहिले चारनम्बरस्थित कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि बुटवल रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
बस र मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैईरहेको प्रहरीको भनाई छ ।








