गृहपृष्ठ Featured बाणगंगाको टोली धानबाली डुबान क्षेत्रमा पुग्यो

बाणगंगाको टोली धानबाली डुबान क्षेत्रमा पुग्यो

प्रकाशित मिति:

कपिलवस्तु : ३ दिनदेखि परेको अविरल बर्षाले कपिलवस्तु जिल्लामा पाक्नै लागेको धानबालीमा ठूलो क्षति गरेको छ । किसानको समस्यालाई मध्यनजर गरेर बाणगंगा नगरपालिकाको टोली बालि डुवान भएका सबै वडाहरुमा पुगेको छ । धान थन्क्याउने समयमा अप्रत्याशित रुपमा भएको अविरल वर्षापछि आएको बाढी र डुबानबाट धानबाली नष्ट हुनुले बाणगंगा मात्र नभएर मुलुकको अर्थतन्त्रमा समेत क्षति पुगेको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले बताउनु भयो ।

डुवान क्षेत्र पुग्नु भएका खनालले भन्नुभयो “धान खेत पुगेर हेर्दा बिरक्त लाग्नेछ । पाकेको धान पूरै लडेर पानीमा डुबेको छ । भोलिदेखि नै घाम लागेन भने त्यो खानयोग्य पनि हुँदैन ।” वर्षा बढिरहेका कारण थप क्षति बढ्ने सम्भावना रहेको उहाँले बताउनु भयो । त्यस्तै उहाँले बचेको धानलाई जति सकिन्छ सुरक्षित तरिकाले स्याहार्न भन्दै किसानलाई कृषि विज्ञहरुसंग परार्मश लिन सुझाव पनि दिनुभएको छ । यस्तै डुवानक्षेत्रमा पुग्नु भएका नगरपालिका कृषि शाखा प्रमुख लेस बहादुर केसिका अनुसार करिव ९ हजार हेक्टर क्षेत्रफलमा धान बालि लगाईएको बताउनु भयो । जसमा करिब ३० प्रतिशत धान कटाने भएको मध्ये करिब २० प्रतिशत काटेको धान डुवेको अनुमान गरिएको छ । त्यस्तै करिब १० प्रतिशत काटेको धान किसानले भित्राएको उहाँले बताउनु भयो ।

डुवान क्षेत्र पुगेको टोलीले करिव ३० प्रतिशत नकाटेको धान हावाहुरीले ढलाउदाँ पुर्ण रुपमा डुवेको र करिब ४० प्रतिशत धान सुरक्षीत रहेको निष्र्कष निकालेको छ । विगत वर्षहरुमा भन्दा यस वर्ष धान राम्रो फस्टाएको र उत्पादकत्व बढ्ने नगरले अनुमान गरेको थियो । यद्यपि वर्षाका कारण धेरै धानबालीमा क्षति पुगेकाले अब त्यो सम्भावना कम रहेको नगरले जनाएको छ । किसानले लगाएको अधिकांश धान पाकेर पहेँलपुर भएको थियो । दशैं लगत्तै धान काट्न सुरु गरेका कृषकहरुले वर्षाका कारण क्षति व्यहोर्नु परेको छ ।

धान उत्पादनको पकेट क्षेत्र मानिने कपिलवस्तुको बाणगंगा, बुद्धभुमि, कपिलवस्तु नगरपालिका, , शुद्धोदन, मायादेवी लगायत स्थानीय तहमा धानबाली वर्षा तथा हावाहुरीका कारण नष्ट भएका छ । कपिलवस्तुमा यस वर्ष ७ प्रतिशतले धान उत्पादन हुने लक्ष्य लिइएको थियो । जिल्ला कृषी कार्यालय तथा कपिलवस्तुका १० स्थानीय तहका कृषिशाखाले भने हालसम्म कुनै पनि क्षतिको विवरण नआएको जनाएको छ ।

सम्बन्धित् समाचार