गृहपृष्ठ Featured अर्घाखाँचीमा एक महिलाद्वारा शरीरमा मट्टीतेल खनाई आत्महत्याको प्रयास

अर्घाखाँचीमा एक महिलाद्वारा शरीरमा मट्टीतेल खनाई आत्महत्याको प्रयास

प्रकाशित मिति:

बुटवल : अर्घाखाँचीमा एक महिलाले शरीरमा मट्टीतेल खनाई आत्महत्याको प्रयास गरेकी छन् । जिल्लाको सन्धिखर्क नगरपालिका– २ चुत्राबेशी स्थित प्रतिक्षालयमा सोही ठाउँकी ४३ वर्षीया नुमकला बिकले मट्टितेल खनाई आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी गणेश खनालले बताए ।

ती महिलालाई उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल अर्घाखाँची पठाईएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित् समाचार