गृहपृष्ठ Featured बेमौसमी वर्षाले झापाका १८ परिवार विस्थापित

बेमौसमी वर्षाले झापाका १८ परिवार विस्थापित

प्रकाशित मिति:

झापा : बेमौसमी वर्षाले झापामा १८ परिवार विस्थापित भएका छन् । कन्काई माई नदी सचेतनाको तह पार गरेर बस्तीमा पस्दा गौरीगन्ज– १ स्थित टपु बस्तीका १८ परिवार विस्थापित भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

ती परिवारलाई गौरीगन्ज गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा सारिएको उनले बताए । यस्तै, गौरीगन्ज– १ कै हुक्लाबारी पनि वरिपरिबाट माई नदीले घेरिएको उनले बताए । त्यहाँ ८५ घरपरिवार छन् । तीमध्ये सुरक्षित भएर केही घरमै बसेको र केही परिवार नजिकै रहेको चर्चमा बसेको प्रजिअ तिमिल्सिनाले जानकारी दिए ।

‘केही परेमा खबर गर्न भनेका छौँ । नजिकै सशस्त्र प्रहरीको बिओपी छ । हामीले रबरबोट पनि स्टान्डबाई राखेका छौँ,’ उनले भने, ‘नदी बढे तत्काल उद्धारका लागि प्रहरी र सशस्त्र प्रहरी तयार छ ।’

गाउँमा वारिपारि गर्न राखिएको डुंगा पनि नदीले बगाएको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

सम्बन्धित् समाचार