सन् २०१३ देखि एएफसी यू–२३ एसियन कप सुरु भएको हो, नेपालले हालसम्म चारपटक छनोट चरणमा सहभागिता जनाए पनि जित निकाल्न सकेको छैन
एएफसी यू–२३ एसियन कप छनोट चरणको प्रतियोगितामा सहभागी हुन नेपाली युवा टोली मंगलबार ताजिकिस्तान प्रस्थान गरेको छ । नेपाली टोलीमा २३ खेलाडी र १२ अफिसियल छन् । नेपाल यसअघि लगातार एएफसी यू–२३ एसियन कप छनोट चरणबाटै चारपटक बाहिरिएको थियो । अहिले नेपाली युवा यू–२३ टोलीले पाँचौँपटक छनोट चरण खेल्दै छ ।
नेपाली टोलीलाई समूहकै सर्वाधिक सफल तथा अनुभवी प्रशिक्षक बालगोपाल महर्जनले प्रशिक्षण गरेका छन् । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले महर्जनलाई २३ भदौमा राष्ट्रिय यू–२३ टोली हेर्ने गरी मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । महर्जनले दोस्रोपटक यू–२३ टोली संहालेका हुन् ।
लगभग डेढ महिनाको प्रशिक्षणपछि नेपाली टोली मंगलबार ताजिकिस्तानमा एएफसी य प्रस्थान गरेको हो । टोली सम्हालेको छोटो समय भए पनि महर्जनले छनोट चरणमा राम्रो नतिजा निकाल्ने आशा गरेको बताए । उनले डेढ महिनाको प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समावेश गरी यू–२३ टोली घोषणा गरेका हुन् ।








