गृहपृष्ठ Featured एथ्लेटिको लिभरपुलसँग पराजित

एथ्लेटिको लिभरपुलसँग पराजित

मोहमद शलाहले उत्कृष्ट फर्म जारी राख्दा लिभरपुलले च्याम्पियन्स लिगमा एथ्लेटिको म्याड्रिडलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा सिमित एथ्लेटिकोलाई उसैको घरेलु मैदानमा लिभरपुलले ३–२ गोलले पराजित गरेको हो ।

योसँगै प्रतियोगितामा लिभरपुलले शतप्रतिशत नतिजा कायम राख्न सफल भएको छ ।

निकै रोमाञ्चक बनेको खेलको सुरुवातमा नै शलाहले लिभरपुललाई अग्रता दिलाएका थिए । लगत्तै नाबी किएटाले लिभरपुलको अग्रता दोब्बर बनाए । तर, एन्टोनियो ग्रिजमानले पहिलो हाफमा दुई गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए ।

तर, दोस्रो हाफमा फ्रान्सका फरवार्डले रातो कार्ड खाएपछि एथ्लेटिको १० खेलाडीमा सिमित हुन पुग्यो ।

सम्बन्धित् समाचार