गृहपृष्ठ Featured सिरियाको राजधानी दमास्कसमा भएको बम विस्फोटमा १३ सैनिकको मृत्यु

सिरियाको राजधानी दमास्कसमा भएको बम विस्फोटमा १३ सैनिकको मृत्यु

सिरियाको राजधानी दमास्कसमा भएका बम विस्फोटमा परी १३ सैनिकको मृत्यु भएको छ । सैनिक सवार बसलाई लक्षित गरी भएका दुईवटा विस्फोटमा ३ जना घाइते भएको सिरियाली टेलिभिजनले जनाएको छ । दमास्कसको मध्य भागमा बुधबार सबेरै सडक छेउमा ती विस्फोट भएका थिए । मानिसहरु काम र विद्यालय जाने क्रममा बम विस्फोट भएको समाचारमा उल्लेख छ ।

हफेज अल असद पुलमा सैनिक सवार बस विस्फोटमा परेको र लगत्तै बसमा आगलागी भएको थियो । विस्फोटपछि तेस्रो बमलाई सेनाको इन्जिनियरिङ टोलीले निष्क्रिय पारेको थियो । यस वर्ष मात्रै सैन्य बहानलाई लक्षित गरी पूर्वी सिरियामा कैयौं हमला भएका छन् । उक्त क्षेत्र वरपरको मरुभूमिमा सक्रिय इस्लामिक स्टेटले ती हमला गरेको बताइन्छ ।

सन् २०११ देखि शुरु सिरियाली द्वन्द्वमा परी ३ लाख ५० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । त्यस्तै द्वन्द्वबाट झण्डै ५० प्रतिशत जनसंख्या विस्थापित हुन पुगेको छ ।

विस्थापितमध्ये ५० लाख मानिस विदेशमा शरणार्थीको रुपमा रहेका छन् ।

सम्बन्धित् समाचार