गृहपृष्ठ Featured बाढी-पहिरो अपडेट : मृत्यु हुनेको संख्या ४८ पुग्यो‍, ३१ बेपत्ता

बाढी-पहिरो अपडेट : मृत्यु हुनेको संख्या ४८ पुग्यो‍, ३१ बेपत्ता

प्रकाशित मिति:

काठमाडौं : केही दिनदेखि भएको निरन्तर बर्षाका कारण गएको बाढी तथा पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या ४८ जना पुगेको छ। बुधबार मध्याह्नसम्ममा विभिन्न जिल्लामा ४८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङका अनुसार ४८ जनाको मृत्यु, ३१ जना बेपत्ता र ३२ जना घाइते भएका छन्। त्यस्तै गरी २० वटा घर पूर्ण रुपमा क्षति भएको छ। बाढी‚ पहिरो र डुबानबाट १९ जिल्ला प्रभावित भएको छ।

मंगलबार रातिदेखि वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा केही सुधार भएको छ। नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ।

सम्बन्धित् समाचार