गृहपृष्ठ Featured दाउन्ने सडकखण्डमा बस दुर्घटना : १६ जना घाइते

दाउन्ने सडकखण्डमा बस दुर्घटना : १६ जना घाइते

परासी : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्डमा बस दुर्घटना भएको छ । नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ७९८५ नम्बरको बस बर्दघाट–४ को बासखोलामा अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिए ।

बसमा सवार ३२ जना मध्ये १६ जना घाइते भएका छन् । उनीहरुको बर्दघाट, बुटवल र भैरहवाका अस्पतालमा उपचार भैरहेको उनले बताए ।

इलाका प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक कृष्ण प्रंसाद घिमिरेको नेतृत्वमा खटिएको १३ जनाको टोलीले घाइतेहरुको उद्धार गरेको डिएसपी लामाले बताएका छन् ।

बस र चालक प्रहरीको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार