गृहपृष्ठ Featured मेयर सिंहद्धारा रामघाटमा नवनिर्मित हनुमान मुर्तिको प्राण प्रतिष्ठान

मेयर सिंहद्धारा रामघाटमा नवनिर्मित हनुमान मुर्तिको प्राण प्रतिष्ठान

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले वडा नम्बर ३ स्थित रामघाटको दतीवनीया बावा कुट्टीमा निर्माण गरिएको हनुमानको एउटै मार्बलबाट बनेको ८ फुटको मुर्तिको प्राण प्रतिष्ठान गरेका छन । बिधिवत पुजापाठ गरी मेयर सिंहले नवनिर्मित हनुमान मुर्तिको प्राण प्रतिस्ठान गरेका हुन । मुर्तिको प्राण प्रतिस्ठान गर्न ५ जना पंडीतहरुले सामुहिक पुजा पाठ गरेका थिए ।

हनुमानको मुर्ति स्थापना गरिएको स्थलमा यज्ञशाला, बाटो सिढी समेत निर्माण गरिएको छ । निर्माणमा करिब १७ लाख लागनी भएको मेयर सिंहले बताए ।

प्राण प्रतिस्ठान समारोहमा मेयर सिंहकी श्रीमति उमा समेतको सहभागीता रहेको थियो । सो अवसरमा मेयर सिंहले धार्मिक स्थल रामघाटमा भक्तजनहरुको माग अनुसार हनुमानको मुर्ति स्थापना गरिएको बताए ।

यो मुर्तिले रामघाट र दतीवनीय बावा कुट्टीको महत्व अझ बढने बताए ।

सम्बन्धित् समाचार