गृहपृष्ठ Featured टी–२० विश्व कपमा नामिबियाले नेदरल्यान्ड्सलाई हरायो

टी–२० विश्व कपमा नामिबियाले नेदरल्यान्ड्सलाई हरायो

प्रकाशित मिति:

काठमाण्डौ : आईसीसी टी–ट्वान्टी विश्व कप क्रिकेटमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ । आबुधाबीमा आज बुधवार नेदरल्यान्ड्सले दिएको एक सय ६५ रनको लक्ष्य नामिबियाले चार विकेट गुमाएर १९ ओभरमै पूरा गर्‍यो । नामिबियाका लागि डेभिड वाइसले अविजित ६६ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्डले २० ओभरमा चार विकेट गुमाएर एक सय ६४ रन बनायो । उसका लागि म्याक्स ओ दाउदले सर्वाधिक ७० रन बनाए ।

आजको जितसँगै नामिबियाको पनि अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै रहेको छ । नेदरल्यान्ड्सले भने लगभग बाहिरिएको छ ।

सम्बन्धित् समाचार