गृहपृष्ठ Featured आज जानकी मन्दिरमा धुमधामसाथ कोजगरा मनाइँदै

आज जानकी मन्दिरमा धुमधामसाथ कोजगरा मनाइँदै

प्रकाशित मिति:

जनकपुरधाम : जनकपुरधाम स्थित श्री जानकी मन्दिरमा कोसेली भित्र्याएर विशेष पूजापाठका साथ आज बुधबार पनि कोजाग्रत पूर्णिमा मनाइएको छ।

बेमौसमी अविरल वर्षाको कारण यस वर्षको कोजाग्रत पर्व प्रभावित बन्यो। कात्तिक पूर्णिमाको दिन मनाईने कोजाग्रत यस वर्ष हिजो मंगलबार र आज बुधबार गरि दुई दिन मनाइएको छ। मिथिलामा कोजाग्रतलाई कोजगरा पनि भनिन्छ।

माता सीताजीलाई छोरी मान्दै महोत्तरीको रतौली गाविसमा गएको १ सय २० वर्षदेखि निरन्तर स्वर्गीय महेन्द्र ठाकुरको परिवारजनले जानकी मन्दिरलाई भार ९कोसेली० पठाउने गरेको इतिहास कायम राख्दै ठाकुर परिवारको तेस्रो पुस्ताका नवीन ठाकुरले जीवन्त राख्दै यस वर्ष पनि जानकी मन्दिरलाई भार पठाएका छन्।

महोतरी रतौलीका जमिन्दार स्व। महेन्द्र प्रसाद ठाकुरले १ सय २० वर्ष पहिले जानकी मन्दिरमा भारको शुरुवात गरेका थिए।

तत्कालीन जमिन्दार ठाकुरले पुत्र प्राप्तिको कामना गरेको र पुत्रलाभ भएपछि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन जानकी मन्दिरमा दही, चीउरा, पान, मखानाासहित भार पठाउने भाकल गरेअनुसार पुत्र प्राप्त भएकाले भार पठाउन सुरु गरेका थिए।

त्यसपछि उनका छोरा, नाति हुँदै पनातिसमेत अहिले सो परम्परा जोगाउँदै भार लिएर आउने गरेका छन्।

सम्बन्धित् समाचार