गृहपृष्ठ Featured मोक्षभूमि र भक्तराजलाई पद्मश्री

मोक्षभूमि र भक्तराजलाई पद्मश्री

प्रकाशित मिति:

काठमाडौं : खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७७ सालको पद्मश्री साहित्य पुरस्कार लेखक तथा राजनीतिक(सामाजिक अभियन्ता केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ र पद्मश्री साधना सम्मान भजन शिरोमणि भक्तराज आचार्यलाई प्रदान गरिएको छ। बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले लेखक दाहाल र भजन शिरोमणि आचार्यलाई सो पुरस्कार प्रदान गरेका हुन्।

‘मोक्षभूमि’ उपन्यासमा लेखकले झन्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरूको मुक्तिको गाथा र गरिमालाई चित्रण गरेका छन्।

यसैगरी तीसको दशकदेखि सुगम गीतसंगीत तथा भजन गायनमा भक्तराज आचार्यले महत्वपूर्ण योगदान पुर्‍याएका छन्। २०४६ सालको एक साँझ काठमाडौंको बौद्धमा सांघातिक हमला भएपछि उनको गायनयात्रामा पूर्णविराम लागेको थियो।

सम्बन्धित् समाचार