गृहपृष्ठ Featured ब्याजदर घटाउन अघिल्लो दिन राष्ट्र बैंकको लिखित निर्देशन

ब्याजदर घटाउन अघिल्लो दिन राष्ट्र बैंकको लिखित निर्देशन

प्रकाशित मिति:

मंगलबार राति ब्याजदर नियन्त्रण गर्न लिखित निर्देशिका जारी गरेको नेपाल राष्ट्र बैंकले बुधबार १० प्रतिशतभन्दा बढी ब्याजदर कायम नगर्न मौखिक रूपमा थप दबाब दिएको छ । मंगलबार अघिल्लो दरको तुलनामा १० प्रतिशत बिन्दुभन्दा बढी ब्याज बढाउन नपाउने निर्देशन दिए पनि कतिपय वाणिज्य बैंकको निक्षेपको कुल ब्याजदर १० प्रतिशतभन्दा माथि हुने देखिएपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । ‘हो हामीले बैंक तथा वित्तीय संस्थाहरूलाई ब्याजदर १० प्रतिशतभन्दा माथि ब्याजदर नतोक्न मौखिक सुझाब दिएका छौँ,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक देवकुमार ढकालले भने ।

मंगलबार राष्ट्र बैंकले ब्याजदर बढाउँदा अघिल्लो महिना तोकिएको ब्याजदरमा १० प्रतिशत बिन्दुले मात्रै वृद्धि गरेर नयाँ ब्याजदर पुनः सार्वजनिक गर्न निर्देशन दिएको थियो ।

यो निर्देशनपछि पनि १० वाणिज्य बैंकले ब्याजदर १० प्रतिशतमाथि कायम गर्न सक्ने अवस्था थियो । सिभिल, सेन्चुरी, नबिल, एनसिसी, ग्लोबल आइएमई, सानिमा, एनएमबि, मेगा, प्राइम र सन्राइजले ब्याजदर १० दशमलव १८ देखि ११ दशमलव ०८ सम्म बढाउन सक्ने अवस्था थियो ।

सम्बन्धित् समाचार