काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि आएको बाढीपहिरो र भएको डुबानका कारण अलपत्र परेका विदेशी नागरिकरपर्यटकलाई यथाशक्य उद्धार गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
गृहमन्त्री खाणले आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई विपद्मा फसेका विदेशी नागरिकरपर्यटकलाई उद्धार गर्न निर्देशन दिएका हुन्।
‘लगातारको वर्षात्पछि आएको बाढी पहिरो र भएको डुबानमा परेका नेपाली नागरिकहरूको खोजी, उद्धार, पुनःस्थापना र राहत वितरणमा यहाँहरू निरन्तर लागिरहनु भएको छ। अब नेपाल भ्रमणमा आएका र मुलुकको विभिन्न स्थानमा पुगेका विदेशी नागरिकरपर्यटक बाढी पहिरो र डुबानमा परेका खबरहरू आइरहेका छन्।
उनीहररूको उद्धारमा पनि विशेष ध्यान दिनुहोला,’ गृहमन्त्री खाणले निर्देशनका क्रममा भने।








