गृहपृष्ठ Featured उज्यालो लुम्बिनी प्रदेश निर्माणमा प्रयासरत छु- मन्त्री राना

उज्यालो लुम्बिनी प्रदेश निर्माणमा प्रयासरत छु- मन्त्री राना

प्रकाशित मिति:

बुटवल : लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री विरबहादुर रानाले उज्यालो लुुम्बिनी प्रदेश निर्माणको एक सुत्रीय एजेन्डा सहित मन्त्रालयमा आएको बताएका छन् । उनले कुनै सानो क्षेत्रबाट सुरुवात गरेर लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशका रुपमा स्थापित गर्ने अभियानका साथ काम गर्ने बताए ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शुक्रबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै मन्त्री रानाले जनताका आकांक्षा धेरै रहेकोले परिस्थिति जन्य परिणामका रुपमा निर्माण भएको यो सरकारलाई आलटाल गर्ने छुट नरहेको उनको भनाई छ ।

राजनीतिक दल तथा जनप्रतिनिधिहरुलाई खवरदारी आवश्यक रहेको बताउँदै मन्त्री रानाले जनतालाई राजनीति तर्फ आक्रषण बढ्ने गतिविधि गर्नुपर्ने बेला आएको बताए । परिस्थिति जन्य रुपमा प्रदेश सरकार गठन भएको स्मरण गर्दै मन्त्री रानाले जनताको आवश्यकता र आकांक्षामा आधारित भएर काम गर्ने प्रतिवद्धता समेत जनाए ।

सम्बन्धित् समाचार