गृहपृष्ठ Featured कपिलवस्तुमा ५ वर्षीय बालक अपहरण

कपिलवस्तुमा ५ वर्षीय बालक अपहरण

प्रकाशित मिति:

कपिलवस्तु : जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं ३ गुलरीमा दिउसो १ बजे ५ वर्षीय वालकको अपहरण भएको छ । अब्बु कलाम डफालिका ५ वर्षीय छोरा अमिर खान डफालिको अपरण भएको हो ।

घरमा कोही नभएको अवस्थामा घरमा आएर अपरिचित व्यक्तिले फकाएर बालकलाई पैसा दिएर पसलबाट पान लिएर आऊ भनेर पठाएको र उक्त बच्चा पान लिन जाँदा बाटोबाट समातेर मोटरसाइकलमा राखेर अपहरण गरेको स्थानीयले बताएका छन् ।

घटना बालको बुवा सँग लेनदेनको भएको र सो लेनदेनलाई पैसा असुल्नको लागी निर्दोष बालकको अपहरण गरेको हुन सक्ने स्थानीयले आकलन गरेका छन् ।

बालकको गहन रूपमा खोजी कार्य भएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । भारतको सीमा नजिकै भएको कारण भारत तर्फ बालकलाई लगेको हुन सक्ने भन्दै आफन्त भारत तर्फ खोजी कार्य गरिरहेका छन् ।

सम्बन्धित् समाचार