गृहपृष्ठ Featured बुटवलमा अवैध लागुऔषधसहित २ जना पक्राउ

बुटवलमा अवैध लागुऔषधसहित २ जना पक्राउ

प्रकाशित मिति:

बुटवल : रुपन्देहीको बुटवलमा अवैध लागुऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नं. २ पाखापानीका ३८ वर्षीय राजु थापा क्षेत्री र वडा नं. ११ देविनगर बस्ने ४८ वर्षीय सुर्य प्रसाद ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मंगलबार बुटवल उपमहानगरपालिका वडा नं. २ पाखापानी स्थित शंकास्पद अबस्थामा बसेका क्षेत्री र ज्ञवालीलाई फेलापारी तत्काल रित पुर्बक खानतलासी पुर्जि दिई उनीहरुको शरिर खानतलासी गर्दा निज हरुको साथबाट १ ग्राम ३ सय मिलि ग्राम लागु औषध ब्राउन सुगर र मोवाईल २ थान फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धान कार्य भईरहेको छ।

सम्बन्धित् समाचार