गृहपृष्ठ Featured नारायणी पुलमा मान्छेको ताँती

नारायणी पुलमा मान्छेको ताँती

प्रकाशित मिति:

चितवन : नेकपा एमालेको १०औं महाधिवेशन बिहीबार चितवनमा सुरु भएको छ । चितवन नारायणगढको नारायणी किनारमा सुरु भएको उद्घाटन समारोहमा ५ लाख मानिस सहभागी भएको नेकपा एमालेले दावी गरेको छ ।

एमाले महाधिवेशनमा सहभागी हुन हजारौं सर्वसाधारण चितवन पुगेका छन् । एमाले कार्यकर्ता र शुभेच्छुकका कारण नारायणगढ क्षेत्रमा अत्यावश्यकबाहेकका यातायात बन्द गरिएको छ ।

चितवनको नारायणी पुलमा हजारौं मानिस उद्घाटनस्थलतिर जान लामवद्ध भएका छन् । धेरै मानिसह भएकाले ठेलमठेल गर्दै उनीहरु अघि बढेका छन् । गाडी बन्द गरेको भनिए पनि नारायणी पुलमा फाट्टफुट्ट गाडी देखिएको छ भने पैदलयात्रीको संख्या अत्यधिक देखिएको छ ।

 

सम्बन्धित् समाचार