गृहपृष्ठ Featured प्युठानमा टिपरको ठक्करबाट बाबु-छोराको मृत्यु

प्युठानमा टिपरको ठक्करबाट बाबु-छोराको मृत्यु

प्रकाशित मिति:

दाङ : टिपरको ठक्करबाट प्युठानमा सोमबार दिउँसो अटोमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका वडा नम्बर ३ घुर्चनेका ३५ बर्षिया अमृत थापा र उनका ४ वर्षीया छोरा सुसान्त थापा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

चकचकेबाट बिजुवार तर्फ जाँदै गरेको ना ८ ख ३९०३ नम्बरको टिपरले रा १ ह ५७०७ नम्बरको अटोलाई प्युठानको माण्डवि गाउँपालिका९५ स्थित चकचके – चेरनेटा सडकखण्डमा ठक्करदिँदा उनिहरुको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनिहरु जुम्रीबाट अटो रिजर्व गरेर स्वर्गद्वारी तर्फ जाँदै थिए ।

दुर्घटनामा अटोमा सवार अन्य चार जना घाईते छन् ।घाइतेहरुमा प्युठान नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष ८ कि दुर्गा थापा, ३० बर्षिया पुनम थापा , १६ बर्षिया विपना थापा र १० बर्षिया शुष्मा थापा रहेका छन्। उनिहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भईरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार अटो अनियन्त्रीत भई पल्टिदा बिपरित दिशाबाट आउँदै गरेको टिपरले किचेर दुई जनाको मृत्यु भएको हो।त्यस्तै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार