गृहपृष्ठ Featured अमेरिकाले भन्यो- ओमिक्रोनको उच्च जोखिम छ, यी सात मुलुक घुम्न नजानू

अमेरिकाले भन्यो- ओमिक्रोनको उच्च जोखिम छ, यी सात मुलुक घुम्न नजानू

अमेरिकाले फ्रान्सलगायत अन्य ६ मुलकलाई कोरोना भाइरस नयाँ भेरियन्टका कारण यात्रा गर्न उच्च जोखिमको सूचीमा राखेको छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले फ्रान्स लगायत साइप्रस, एन्डोरा, जोर्डन, पोर्चुगल, तान्जानिया र लिकटेन्सटाइनलाई ओमिक्रोनको उच्च जोखिमको सुचीमा राखेको छ।

फ्रान्स विश्वकै सबैभन्दा बढी पर्यटक जाने मुलुक हो। केन्द्रले फ्रान्स, साइप्रस, एन्डोरा, जोर्डन, पोर्चुगल, तान्जानिया र लिकटेन्सटाइनलाई नयाँ भेरियन्टको उच्च जोखिम भन्दै लेबल ४ मा राखेको छ।

केन्द्रमा टर्की, सिंगापुर, बारबाडोस, मलेसिया र केम्यान टापुलाई समेत उच्च जोखिम भन्दै लेबल ४ मा नै राखेको सीएनएनमा समाचार छ।

सम्बन्धित् समाचार