काठमाडौँ : नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेशको प्रथम सम्मेलनबाट अध्यक्षमा जगत सिम्खडा र सचिवमा सुरेन्द्र बस्नेत निर्वाचित भएका छन् । यसैगरी सम्मेलनले उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डे, सहसचिवमा गोगन मल्ल, विष्णु थापा र कोषाध्यक्षमा शंकर अधिकारीलाई निर्वाचित गरेको छ ।
शनिबार काठमाडौंमा उद्घाटन भई आइतबार रातिसम्म चलेको बन्द सत्रमा सर्वसम्मत रुपमा १४१ सदस्यीय प्रदेश समितिको घोषणा निर्वाचन समितिका प्रमुख जगतकृष्ण पोखरेलले गरेका थिए । सम्मेलनमा आयोजकसहित कुल ६४० जना प्रतिनिधि सहभागी थिए ।
दुई दिन चलेको सम्मेलनको वन्दसत्रमा आयोजक समितिका अध्यक्ष लेखनाथ न्यौपानेद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन परिमार्जन सहित पारित गरिएको थियोे । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो पुस ११-१३ मा काठमाडौंमा हुँदैछ ।








