गृहपृष्ठ Featured ‘विष्णु जस्तो वडाध्यक्ष पाउँनु हाम्रो लागी निकै खुशीको कुरा हो’

‘विष्णु जस्तो वडाध्यक्ष पाउँनु हाम्रो लागी निकै खुशीको कुरा हो’

वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.२ ले वृद्धवृद्धाहरुलाई ज्याकेट र न्यानो सल बितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । आज (मंगलबार) राजपुर टोल विकास संस्थाका २१ जना आमाहरु र २४ जना बुवाहरुलाई ज्याकेट र न्यानो सल बितरण गरिएको वडा नं. २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिनुभएको छ । भोलि (बुधबार) बैजलपुर र नन्दनगरका वृद्धवृद्धाहरुलाई ज्याकेट र न्यानो सल बितरण गर्ने कार्यक्रम रहेको वडाध्यक्ष पौडलले जानकारी दिनुभयो ।

चिसो बढ्न लागेको र यस मौसममा सबै भन्दा बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित हुने भएकाले ‘ज्याकेट’ र न्यानो ‘सल’ वितरणको कार्यक्रमलाई निरन्तरता दिईएको वडा अध्यक्ष पौडेलले बताउनुभयो । वडाले विगतका वर्षहरुमा पनि जेष्ठ नागरिकको सम्मानका लागि विशेष कार्यक्रम गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । जेष्ठ नागरिकलाई घरपरिवारको माया, साथ सहयोगको आवश्यक पर्ने भन्दै उनिहरुलाई हेयको दृष्टि नहेरी माया र स्नेह दिन आग्रह गर्नुभएको छ ।

वृद्ध आमाबुवाहरुले ‘ज्याकेट’ र न्यानो ‘सल’ पाएपछि खुशी व्यक्त गर्दै पौडेल जस्तो वडाध्यक्ष पाउँदा निकै खुशी महसुस भएको बताएका छन् । ‘विष्णु जस्तो वडाध्यक्ष पाउँनु हाम्रो लागी निकै खुशीको कुरा हो’ एक वृद्ध बुवाले भन्नुभयो ‘दुखःसुखमा हामीलाई हेरेको छन् सधै यस्तै काम गर्नु ।’

सम्बन्धित् समाचार