नीति कथा
एउटा राज्यमा एक धनी राजा बस्थे। उनको सुन्दर छोरी थिइन्। अफी नाम गरेकी ती युवती विवाहका लागि योग्य थिइन्। धेरै युवा उनीसँग विवाह गर्न चाहन्थे। प्रस्ताव आए पनि अफीले अस्वीकार गर्थिन्। उनले अर्कै देशका धनी राजकुमारसँग विवाह गर्ने वाचा गरिन्। त्यो राम्रो, मायालु, बलियो र हरेक विषयमा दक्ष होस् भनेर उनले बुवाआमालाई बताइन्। राजालाई भने चिन्ता थपियो। एकदिन गाउँमा असल मानिस देखिए । राजकुमारी बजार पुगिन्।
उनको त्यो केटासँग भेट भयो। उनले मन पराइन्। उनलाई दरबारमा बोलाइन्। ती व्यक्ति पनि खुसी भए र सँगै गए। अफीले ती व्यक्तिलाई बुवाआमासँग परिचय गराइन्। उनले विवाह गर्न राजी रहेको बताए। तर, राजारानीले अस्वीकार गरे किनकि अपरिचितसँग कसरी विवाहको कुरो छिन्नु रु दुई दिन ती व्यक्ति दरबारमै बसेपछि उनलाई राजकुमारका लागि स्वीकार गरियो।
अफीका आँखामा राजकुमार राम्रो मानिस थिए। राजारानीले नजान भने तर अन्ततः हिँड्ने दिन आयो। नवजोडी धेरै दिनको पैदल यात्रापछि राजकुमारको देशमा पाइला राख्न पुगे। अचम्म त्यहाँ अनौठा कुरा हुन थाले। एउटा मानिस आयो र राजकुमारसँग खुट्टा माग्यो। अर्कोले उनको टाउको र अर्कोले शरीर माग्यो। अन्त्यमा राजकुमारको खप्परबाहेक केही बाँकी रहेछ। अफी डराइन्। सुन्दर राजकुमारलाई के भयो बुझिनन्। उनले सबै अंग अन्य मानिसबाट उधारो लिएका थिए। दरबार फर्किन चाहे पनि त्यो खोपडीले अनुमति दिएन। घर पुगेपछि दुवैले खोपडीकी आमालाई भेटे जो कुनै काम गर्न सक्षम थिइनन्। उनी केवल रिसाउँथिन्। केही काम नगरेकी अफी त्यहाँ सबै काम गर्न थालिन्।
अफीको दुःख देखेर ती वृद्धा आमाले माइत पठाउने निर्णय गरिन्। अफीले अलौकिक शक्तिको प्रयोग गरी हावामा उडेर आफ्नो देश पुगिन्। राजारानी छोरी देखेर धेरै खुसी भए किनकि लामो समय सम्पर्क नभएपछि छोरी हराइन् भन्ने ठानेका थिए। खुसीयालीमा आठ दिन र रात राज्यभर भोज र नाच भयो। राजाले त्यसपछि कानुन पारित गरे कि कसैले पनि छोरीलाई अर्को देशबाट आएका अपरिचितसँग विवाह गर्न नपाउन्। त्यसपछि छिमेकी गाउँबाट हात माग्न आएका व्यक्तिसँग विवाह गरेर अफी जीवन बिताउन लागिन्।
नैतिक शिक्षा : विवाहको सन्दर्भमा पनि विदेशको भन्दा स्वदेशकै नागरिकसँग जीवन सहज हुन्छ।