गृहपृष्ठ Featured नेपाल भारतसँग १-० गोल अन्तरले पराजित : फाइनल पुग्ने सम्भावना न्युन

नेपाल भारतसँग १-० गोल अन्तरले पराजित : फाइनल पुग्ने सम्भावना न्युन

प्रकाशित मिति:

काठमाडौं : साफ यु-१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ। बंगलादेशका ढाकामा आइतबार भएको खेलमा नेपाललाई १-० गोलले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ।

भारतको तर्फबाट गोल पी नावरेमले ६७औं मिनेटमा निर्णायक गोल गरेका थिए। पराजयसँगै फाइनलमा प्रवेश गर्ने नेपालको सम्भावनामाथि धक्का लागेको छ।

अब नेपालले फाइनल प्रवेशका लागि बंगलादेश र श्रीलंकाबीच हुने खेलको नजिता पर्खनु पर्नेछ। बंगलादेशले श्रीलंकामाथि जित वा बराबरीकै नजिता निकाले नेपाल प्रतियोगिताबाट बाहिरिनेछ। बंगलादेशले पराजय भोगे नेपालको फाइनलमा प्रवेश गर्ने सम्भावना रहने छ।

सम्बन्धित् समाचार